संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनाको सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन सर्वसाधरणलाई आग्रह गरेका छन् ।सर्वसाधरणले मन्त्री श्रेष्ठमाथि आलोचना गर्न थालेपछि मन्त्री श्रेष्ठले घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन आग्रह गरेका हुन् ।
मन्त्री श्रेष्ठले सामाजिक संजाल फेसबुकमार्फत सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गरे । उनले सर्वसाधरणको प्रतिक्रिया स्वाभाविक भएको भन्दै त्यो घटना लाइनमा नबसेर भएको नभई मन्त्री श्रेष्ठ र र उनको सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको प्रष्टीकरण दिएका छन् ।उनले फेसबुकमा लेखेका छन्,‘छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिकृयामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो । घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन र सवै नेतार मन्त्री खराव हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु ।’
मन्त्री श्रेष्ठलाई लाइन बस भन्ने एकजना सुरक्षागार्ड पक्राउ परेका थिए ।शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए ।तर मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको गरेर ५ दिनको म्याद थप भएको छ । सेक्युरिटी गार्डलाई पक्राउ गरेपछि मन्त्री श्रेष्ठलाई सर्वसाधरणले गाली गलौज गरिरहेका छन् ।







