काठमाडाैं। देशमा अहिले सत्तारूढ पाँच दलीय गठबन्धनकाे सरकार छ भने प्रतिपक्षी भुमिका एमालेले निर्वाह गरिरहेको छ। आज मंगलबार सत्तारूढ द्लहरुको बैठक बस्दैछ। विशेषत स्थानीय तहकाे निर्वाचन मुख्य एजेण्डा रहेकाे बैठक बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने लागेकाे हाे। त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्काे गतिराेध अन्त्यका विषयमा छलफल हुनेछ।

निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खाेजिएकाे आराेप लगाएकाे छ।

साेमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल भएकाे थियाे। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयहरुमा केन्द्रित रहेर छलफल भएको जानकारी दिएका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय