काठमाडौं । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दैछ। समाजवादी पार्टीको यो पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने जानकारी दिएको छ ।

सो बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ।

उक्त बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ। बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ। पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय