काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि अनेरास्ववियुका अध्यक्ष समिक बडालले गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमा एक विवादास्पद टिप्पणी गर्दै बडालले बालेन शाहलाई भारतीय खुबिया एजेन्सीहरूको निर्देशनमा काम गर्दै नेपाली जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन्।

बडालले भनेका छन्, “सङ्ग्रिला होटेल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुबिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाईको असलियत बुझ्ने दिन धेरै टाढा छैन।”

यो आरोप लगाइएको केही समय अघि मात्रै, मेयर बालेन शाहले सार्वजनिक रूपमा एक अभिव्यक्ति दिएका थिए जसमा उनले एमालेका एक सांसदमाथि घरेलु हिंसा गरेको आरोप लगाएका थिए। बालेनले सामाजिक सञ्जालमार्फत उक्त सांसदले बालिका माथि घरेलु हिंसा गरेको दाबी गर्दै उनको कडा आलोचना गरेका थिए।

समिक बडालको यो नयाँ आरोपले राजनीतिक वृत्तमा तरङ्ग सिर्जना गरेको छ। बालेन शाहको आलोचनात्मक अभिव्यक्तिको पृष्ठभूमिमा बडालको आरोप थपिएको छ, जसले गर्दा यो प्रकरणले अझै थप विवाद उत्पन्न गर्ने संकेत गरेको छ।

विश्लेषकहरूका अनुसार, बालेनले यसअघि गरेको एमाले सांसदको आलोचना र बडालले अहिले लगाएको आरोपले राजनीतिक द्वन्द्वलाई थप गहिरो बनाएको छ। यी घटनाहरूले नेपाली राजनीतिक परिवेशमा नयाँ तरङ्ग ल्याएको छ र यसले आगामी दिनमा थप विवाद निम्त्याउने सम्भावना रहेको समेत विश्लेषकहरू दावी गर्दछन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय