सुदूरपश्चिम प्रदेश  सरकारले परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट आगामी सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गर्दै यही भदौ ३१ गते सार्वजनिक गरिने जानकारी दिएका छन्।

मुख्यमन्त्री शाहले जनताको अपेक्षालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको उल्लेख गर्दै भने, “बजेटका नीति कार्यक्रम यसअघि सदनबाट पारित भइसकेका छन्, सोही आधारमा परिमार्जित बजेट ल्याइनेछ।”

गत असार १ गते तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको थियो, तर सत्ता समीकरण फेरिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा बजेट पारित हुन सकेन।

मुख्यमन्त्री शाहले सोही बजेटलाई परिमार्जन गरी प्रस्तुत गर्न लागेको स्पष्ट गरे। बजेट पारित नहुँदा साउन १ गतेदेखि सरकारको राजस्व संकलन र खर्चसम्बन्धी कामकाज ठप्प भएको थियो। यद्यपि, शाह नेतृत्वको नयाँ सरकारले अध्यादेशमार्फत राजस्व संकलन सुरु गरे पनि बजेट शून्यता कायम रहेको छ।

प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, र सञ्चालन खर्चमा समस्या उत्पन्न भएको छ, जसका कारण दुई महिनादेखि भुक्तानी रोकिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय