सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ। नेपाली बजारमा मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको छ।

मंगलबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च थियो। बुधबार भने सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो।

यस्तै बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ। मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय