धरानका मेयर हर्क साम्पाङ्गले समाजसेवाको अर्को उदाहरण प्रस्तुत गर्दै धरान-२० स्थित देवी गाउँमा दुई कोठे विद्यालय भवन निर्माण गर्ने घोषणा गरेका छन्। यस निर्माणका लागि उनले श्रमदानबाटै काम गरिने र उक्त कार्यमा सबैजनालाई सहभागी हुन आह्वान गरेको छ ।
हर्क साम्पाङले स्थानीय समुदायलाई एकजुट हुन आह्वान गर्दै विद्यालय भवन निर्माणका लागि इट्टा, सिमेन्ट, छाना, ढोका, झ्यालजस्ता निर्माण सामग्री सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत “जय धरान” भन्दै यस अभियानलाई सफल बनाउन सबैलाई सहकार्य गर्न आह्वान गरे।







