काठमाडौं – धरानका मेयर हर्क साम्पाङ्गले सामाजिक सञ्जालमा पूर्व खानेपानी मन्त्री राजेन्द्र राईमाथि कडा आलोचना गरेका छन्। उनले राजेन्द्र राईलाई “गफाडी नम्बर १” को संज्ञा दिँदै जनतालाई मिडिया मार्फत ढाँटेको आरोप लगाएका छन्।

 

साम्पाङ्गले आफ्नो पोस्टमा राईले ५ अर्ब रुपैयाँ खानेपानी परियोजनाको लागि छुट्याउने वाचा गरेको तर त्यो वाचा पूरा नभएको दाबी गरेका छन्। “जनताका लागि ५ अर्ब छुट्याउँछु भनेर ढाँटे,” साम्पाङ्गले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

धरान लगायतका क्षेत्रहरुमा पानीको समस्या धेरै वर्षदेखि गम्भीर मुद्दा बनेको छ। यसअघि, मन्त्री राईले खानेपानी समस्या समाधानका लागि ठूला परियोजनाहरु घोषणा गरेका थिए। तर साम्पाङ्गको आरोपले त्यो योजना र आश्वासनमाथि गम्भीर प्रश्नचिन्ह उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय