नेकपा (एकीकृत समाजवादी) दाङ-काठमाडौँ सम्पर्क मञ्चको ११औं अधिवेशन सम्पन्न भएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतित्थ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले सुवास विकको अध्यक्षतामा २१ सदस्सीय कमिट चयन गरेको छ।

कार्यक्रममा पार्टीका पोलिब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज एवम् पूर्वमन्त्री मेटमणी चौधरी, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सोम प्रसाल पाण्डे, विशेष प्रदेश सम्पर्क कमिटीका इन्चार्ज विजय गुरुङ, लुम्बिनी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष विद्याराज पाण्डे, पार्टी केन्द्रीय कल्पना खनालको उपस्तिथि थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय