बालउद्दार मावी बिद्यार्थी कुटपिट गरेको मुद्दा थप पेचिलो बन्दै,यो मुद्दालाई हेर्न गठबन्धन दलले बनायो कार्यदल बनाएको छ ।
बूढानीलकण्ठ नगरपालिका अवस्थित बालउद्दार मा.बि एक बिद्यार्थीलाई शिक्षकद्वारा निलडाम हुनेगरि कुटपिट भएपछि बिधालय माथी नै गम्भीर प्रश्न उब्जाएको छ आधुनिक शिक्षा प्रदान गर्ने र नमुना बिधालय भनी व्यापक प्रचार गरिएको बिधालयको पर्दा पछाडी यस्ता अमानवीय शैलीको ब्यवहार हुँदा यो विषय माथी अभिभावक देखि लिएर स्थानिय राजनैतिक दलले कडा कदम चाल्ने भएको छ ।
यसै क्रममा बिधालय जस्तो संबेदनसिल ठाउँमा बिद्यार्थी माथी निर्घात कुटपिट भएपछि गठबन्धन दलहरुले सो विषयको मुद्दालाई लिएर कार्यदल नै गठन गरेको छ जुन कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट रामप्रसाद लुइँटेल ,बिजेन्द्र श्रेष्ठ ,मनोज सिग्देल ,नारदमणि घिमिरे र श्याम तिमल्सिना रहेका छन भने नेकपा माओवादी केन्द्रबाट भाइ नारायण श्रेष्ठ ,शिव बजगाई ,उद्दव चौलागाई र डम्मर घिमिरे रहेका छन भने राम प्रसाद लुइँटेल संयोजक रहेको सो कार्यदलमा नेकपा एकिकृत समाजवादीबाट धुर्वराज न्यौपाने ,तुलसी पनेरु ,केदार प्रसाद चौलागाई र निरन्जन नेपाल रहेका छन ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार मावीको कक्षा १० मा अध्ययनरत छात्र अनिश लामिछाने माथि शिक्षकहरु बाट भएको कुटपिट प्रकरण राजनीतिक मुद्दामा परिणत भएको छ।







