बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित चुनिखेल- गाम्चाको बाटोमा हालको लागि तत्काल बाटो हिलोबाट मुक्त हुनको लागि ग्राबेल हाल्ने काम हुने भएको छ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार यो बाटोमा हिलो भएको बिषयमा तत्काल ठेकेदारहरुले समयमा कामहरु सुरु नगरिदिदा दुख पाएको हौ हामीले यो टेन्डर प्रक्रियाको झन्झटिलो कारणले गर्दा समस्या भएको हो भने थप पुखुचा-गाम्चा सडकमा केही स्थानिय ब्यक्तिहरुको घरहरुको कारणले गर्दा पनि समस्या भएको हो  ठेकेदारले साइट किल्यर गरेपछि कामको सुरुवात गर्छौं भनेका छन । त्यसैले पनि यो समस्याको समाधानको लागि ढिलो भएको हो ।

 

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ को मुख्य बाटो नै रहेकोेले उक्त बाटोमा सवारीसाधन आवातजावतमा समस्या आउँदा आफू दुखी भएको तर आफू चुप लागेर समस्याको समाधान गर्नको लागि कतै पहल नगरेको नभएर तत्कालको लागि ग्राभेलहाली अल्पकालीन समस्या समाधान गर्न लागेको भनि अध्यक्ष श्रेष्ठले जानकारी दिएका छ्न । साथै बर्खायाम सकिए लगतै महत्त्वका साथमा पिच गर्न काम सम्पन्न हुने कुरा बागमती प्रदेश खबरलाई बताएका छन । यो बाटो पिचका  लागि स्थानिय ब्यक्तीहरुको सहयोग रहने प्रती आफू सकारात्मक रहेको समेत बताएका हुन।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय