काठमाडौं । निर्वाचनको विषयलाई लिएर सरकार को मन्त्रीपरिषदको बैठक बसेको छ । साथै सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले बताएका हुन ।निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो ।







