अखिल नेपाल महिला संघ (अनेमसंघ) नेकपा एकीकृत समाजवादीले बृहत एक कार्यक्रम आयोजना गर्दै काठमाडौं क्षेत्र नं.-४ को महिला भेला बृहत सम्पन्न गरेको छ। काठमाडौंको तारेभिरमा वनभोजको रूपमा आयोजित वृहत् कार्यक्रममा उपस्थित करिब १७० जना महिलाको भेलाले काठमाडौं क्षेत्र नं-४ मा २१ सदस्यीय (अनेमसंघ) नेकपा एकीकृत समाजवादीको गठन गरेको छ।

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य कुसुमकुमार कार्कीको संयोजकत्वमा अनेमसंघ नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला अध्यक्ष सरिता खनाल र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा काठमाडौं -४ कि इन्चार्ज भक्तकुमारी भुजेल रहेको तीन सदस्यीय निर्वाचन कमिटीले जुझारु नेत्री मीना पाण्डेको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो।

उपस्थित अतिथिहरुले अनेमसंघ नेकपा एकीकृत समाजवादी काठमाडौं -४ क्षेत्रीय कमिटीको सफलताको लागि शुभकामना दिएका थिए भने कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कुसुमकुमार कार्कीले देश र जनताको हित चाहने हो भने राजनैतिक दलका नेताकार्यकर्ता सुध्रन अत्यन्तै जरुरी रहेको बताएका थिए साथै नेपाली जनतालाई नेताहरूको कार्यशैलीबाट वितृष्णा पैदा भएको बताउँदै नेकपा एकीकृत समाजवादीमा पनि स्वच्छ छवि भएका व्यक्तिहरुलाई अवसर दिनुपर्छ भन्ने विचार व्यक्त गरेका थिए।

  मीना पाण्डेको अध्यक्षतामा डम्बरी पनेरु उपाध्यक्ष, सुनिता केसी उपाध्यक्ष, बिनु क्षेत्री सचिव, कल्पना तामाङ सहसचिव, सविता न्यौपाने कोषाध्यक्ष रहेका छन भने सदस्यहरुमा मथुरा केसी, तुलसा त्रिपाठी, गीता पाठक, कल्पना गौतम, पार्वती खतिवडा, अनिता ढकाल (चौलागाईं), दुर्गा चौलागाईं, मनिसा माया तामाङ, गोमा केसी, गीता गौतम, मालती भुजेल, निर्मला भुजेल, सरु दाहाल, मुन्नी श्रेष्ठ र गीता पाण्डे  त्यसै गरि सल्लाहकार समितिमा तुलसादेवी खकुरेल, गंगादेवी कडेल, उषादेवी पौडेल, माया गुरुङ र शान्ता कुईकेल रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय