आजको फलफूल तथा तरकारी बजार मूल्यको बजारमुल्य सुची यसप्रकार रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मङ्गलबार गोलभेडा, रातो मूला र घिरौला प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ ५० पैसा, सेतो आलु २७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३४ रुपैयाँ ५० पैसा, लोकल गाजर ७६ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली, हरियो धनिया र भेडे खुर्सानी प्रतिकेजी ६५ रुपैयाँ, ज्यापु काउली, लोकल घिउ सिमी, झिगूनी र सजिवन ७५ रुपैयाँ, तने बोडी ३८ रुपैयाँ, मटरकोशा १४६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ, तितो करेला ५७ रुपैयाँ ५० पैसा, लोकल परवर १०५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ८६ रुपैयाँ, स्कूस ४२ रुपैयाँ ५० पैसा, रायोको साग ३६ रुपैयाँ ६७ पैसा, पालूगो साग र चमसूरको साग ९६ रुपैयाँ ६७ पैसा, तोरीको साग ३५ रुपैयाँ, मेथीको साग ९५ रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, कुरीलो ३२५ रुपैयाँ, ब्रोकाउली १३० रुपैयाँ, जिरीको साग ७६ रुपैयाँ ६७ पैसा, सेलरी १८३ रुपैयाँ, पार्सले १७५ रुपैयाँ, सौफोका साग ९६ रुपैयाँ ६७ पैसा, पुदीना १७५ रुपैयाँ, तामा र तोफु ९६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, कागती १९० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २३५ रुपैयाँ, मौसम १७० रुपैयाँ, लोकल काक्रो ९६ रुपैयाँ, किवि र आभोकाडो ५५० रुपैयाँ, अकबरे खुर्सानी ३७५ रुपैयाँ, सुकेको नेपाली लसुन १३० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ र मुंगरी माछाको मूल्य ३१५ रुपैयाँ तोकिएको छ ।







