काठमाडौ महानगर १५ मा भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शिलान्यास ।काठमाडौ महानगरपालिका वडा नम्बर १५ अवस्थित डल्लु आवास क्षेत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठद्वारा भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल शिलान्यास कार्यक्रम आयोजना भएको छ।
नेपाल ओलम्पिक कमिटीको पहलमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा ‘भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल’ काठमाडौं-१५ स्थित डल्लु आवास क्षेत्रमा ६ रोपनी जग्गामा निर्माण हुनेछ ।
कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम संचालन गर्न समेत सकिनेछ ।
साढे ४ करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन हुनेछ । स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि यो सहयोगीसिद्ध हुनेछ ।
आजको उक्त शिलान्यास कार्यक्रममा काठमाडौ महानगर १५ वडाअअध्यक्ष ईश्वरमान डङ्गोल, वडा सदस्य मैयालक्ष्मी महर्जन समाजसेवी राजा शाक्य स्थानिय समाजसेवी लगायत नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिहरुको समेत उपस्थितिमा कार्यक्रम भब्य आयोजना भएको थियो
।







