डोल्पा स्थित त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ७ बाट विभिन्न पार्टी परित्याग गर्दै ६२ जना नेता कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छ्न ।
नेकपा एकीकृत समाजवादी डोल्पाले सञ्चालनन गरेको सङ्गठन निर्माण अभियानका क्रममा त्यतिका कार्यकर्ताहरू पार्टी प्रवेश गरेको एकीकृत समाजवादी डोल्पाले जनाएको छ ।
पछिल्लो समयमा नेकपा एकीकृत समाजवादी डोल्पाका अध्यक्ष छ्क्कधरला , सचिव युवराज थकाली ,सहसचिव कृष्ण बोहोरा , नेता बबिकिशोरगुरुङ्ग , महिला नेतृ माया ठगुन्ना सहितको नेतृत्वमा संगठन सुदृढीकरण र विस्तार अभियानमा लागेको एकीकृत समाजवादी डोल्पाका सहसचिव कृष्ण बोहराले जानकारी दिनुभयो ।
डोल्पाबाट निर्वाचित एकीकृत समाजवादी पार्टीका संघीय संसद् तथा लोकपृय समाजसेवी नेता धन बहादुर बूढा सहित पार्टीको केन्द्र प्रदेशको सहयोग र कार्ययोजनाले पनि डोल्पामा संगठन विस्तार गर्न सहयोग पुगेको बताईएको छ ।







