नविना श्रेष्ठ
श्रावण ३२,२०८०
नेपाली कांग्रेस पार्टी काठमाडौ क्षेत्र नम्बर ५ टोखा नगरपालिका वडा नं २ को वडा कार्यसमितिले प्रथम वडा सम्मेलन कार्यक्रम टोखा ३ स्थितमा रहेको बि.एल.भ्वये छेंमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अथिति क्षेत्र नम्बर ५ का सांसद माननीय प्रदीप पौडेल रहेको थियो भने विशिष्ट अतिथि क्षेत्र नम्बर ५ का सभापति सांसद श्यामबहादुर खड्का रहेको थियो। कार्यक्रमका सभापति तथा वडा २ का इकाई सभापति हेराकाजी महर्जन डंगोलको सभापतित्वमा कार्यक्रम गरेको थियो भने वडा कार्य समितिका सचिव विकास श्रेष्ठले कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रमका सभापति हेराकाजी महर्जन डंगोलले आफू वडा कार्य समितिमा सभापतिका रुपमा आएपछि आफ्नो वडा कार्य समितिमा भएका विभिन्न पार्टी बैठक ,कार्यक्रमहरुको विवरणहरु विविध क्रियाकलापहरू प्रस्तुत गरेका थिए।भने कार्यक्रमका विशेष अतिथिले पार्टीमा रहेका कमीकमजोरी एक आपसमा छलफल गरिने नियमित बैठकमा सहभागी भए समस्या समाधान गर्नुपर्छ ,क्षेत्रि सभापति खड्काले बताए।अहिले हाम्रो उद्देश्य भनेको संगठन बलियो बनाउने हो। आजको लागि होइन भोलिको लागि सोचेर क्षेत्र नम्बर ५ सधैं अगाडि बढ्नुपर्ने बताए। वडा देखि क्षेत्रसम्म पार्टीको नीति नियममा टेकेर अगाडि बन्नुपर्ने बताएका छन्। टोखाको मौलिक कला संस्कृति यहाँका व्यक्तिहरूले जति राम्रोसँग चिनेको हुन्छ त्यति बाहिरको व्यक्तिहरुले चिनेको हुँदैन। मौलिक संस्कृतिलाई जोगाई राख्न विकास निर्माणमा जेडिने जात्रा पर्वमा पनि जोड्दै अगाडि बढ्न आग्रह गरेका छन्।
पार्टीभित्र भएका कमीकमजोरी कसरी सुधार गर्दै जान सकिन्छ भने बिषयमा सबैजना गम्भीर भएर अगाडि बढ्न प्रमुख अतिथि माननीय प्रदीप पौडेलले आग्रह गरेका छन्। समाजले महसुस गर्ने खालका सामाजिक कार्यहरु गर्नु पर्ने बताए। त्यसैगरी काठमाडौं जिल्ला उपसभापति गोकर्ण के.सी,टोल सभापति युवा नवीन महर्जन, प्रदेश सदस्य माईला डंगोल, महिला सभापति सोम कुमारी जोशी, क्षेत्रीय सचिव एवं वडा २ का जनप्रतिनिधि सविना श्रेष्ठले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्रदेश( क) का सभापति रमेश डंगोल, प्रदेश (ख) का सभापति राजु खड्का , प्रदेश (ख) का उपसभापति रामराजा महर्जन,हरिमान श्रेष्ठ, लगायत महाधिवेशनका प्रतिनिधिहरु कसी नारायण श्रेष्ठ,जनक राज श्रेष्ठ, राजेन्द्र महर्जन,रामेश्वर केसी,प्रकाश महर्जन, शुभद्रा खड्का,फूलमाया तामाङ,प्रमोद गुरागाईं, टोखा नगर सभापति ओम कृष्ण बिमली, क्षेत्रीय सचिव पंचकुमारी श्रेष्ठ, क्षेत्रीय सदस्य लक्ष्मीनारायण डंगोल,धनराज श्रेष्ठ, रमेश जोशी,जिल्ला सदस्य युर्थ महर्जन, वडा सभापतिहरु धर्म प्रसाद खनाल, रविन्द्र श्रेष्ठ,पउल्हआद खड्का,श्याम खड्का,अरुन सिंह ठकुरी,अष्ट कुमार श्रेष्ठ लगायत पार्टीका उच्च पदका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
भने बिगतको समयमा पार्टीलाई योगदान दिएका र यति सम्म पार्टीको खुड्किला फराकिलो बनाएका टोखाका नेपाली कांग्रेसका संस्थापक सभापति स्व. चर्तुमान श्रेष्ठ र टोखामा कांग्रेस पार्टीलाई टेवा पुर्याउने महन ब्यक्तित्वहरु स्व. चन्द्र डंगोल,नातीराम कर्माचार्य,राम खड्गी,मंगली श्रेष्ठ, न्हुछेनारायण श्रेष्ठ, लगायत पार्टीलाई योगदान दिएका पुर्खालाई सम्झी मौनधारण गरेका थिए।
त्यसैगरी राष्ट्रियता, लोकतान्त्र र समाजवादीको शादर्श एव सिद्धान्तअनुरुप नेपाली काँग्रेस पार्टीमा राजनीतिक सामाजिकता र आर्थिक विकास गर्ने उद्देश्यले नेपाली कांग्रेसका एकताबद्ध सुसंगठित र नेतृत्वदायी राजनीतिक दलको रूपमा समाज र व्यवस्थापन परिवर्तन गर्न पार्टीलाई आर्थिक रूपान्तरण गरी आर्थिक सबल बनाउनको लागि दिनुभएको आर्थि सहयोगलाई उच्च सम्मान गर्दै टोखा २ कार्यसमितिको प्रथम वडा सम्मेलनमा ३० जना व्यक्तिहरुलाई प्रमाणपत्रमा सम्मान गरेका थिए। पार्टीका संस्थापक सदस्यहरु, सभापति, महिला संस्थापक सदस्यहरुमा जेठा डंगोल, गोबिन्द श्रेष्ठ,नवराज श्रेष्ठ,माईला डंगोल, कसी नारायण श्रेष्ठ,दिपक राज जोशी,मनिष जोशी,मनिन्द्र जोशी,लक्ष्मी कुमारी श्रेष्ठ,माईली डंगोल,राममाया खड्गी,सोमकुमारी जोशी लगायत पूर्व जनप्रतिनिधिहरू तथा हलका जनप्रतिनिधिहरु लगायत पार्टीका अगुवा व्यक्तित्वहरुलाई सम्मान गरिएका थिए।







