नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति अन्तरगत पुरानै टिम सर्बसम्मत चयन भएको हो हालै बनेको कार्यसमितिमा पदाधिकारीहरु पुरानै सर्वसम्मत चयन भएको छ।
नेकपा एमालेको बूढानीलकण्ठ नगरपालिका नगर कमिटीको दोस्रो अधिवेशनमा चयन भएको नगर कमिटी पदाधिकारीहरुमा अध्यक्षमा प्रदीप डङ्गोल, उपाध्यक्ष शम्भु प्रसाद भट्टराई,सचीव श्रीकृष्ण श्रेष्ठ,उपसचिवद्व्य धोर्जे तामाङ र सुनिता गुरुङ रहेको छ ।
नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटीको दोश्रो अधिवेशनको दुई चरण गरि अधिवेशनको तयारी गरेको थियोे जसमा खुल्ला सत्र र बन्द सत्र भनिएता पनि हाल चयन भएको नगर कमिटी आपसी सहमति चयन भएको अनुमान गरिएको छ ।
हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बूढानीलकण्ठ नगरपालिकामा मेयर र उपमेयर १३ वटा वडाहरु मध्यबाट ९ वटा वडाहर वडा नम्बर १,२,६,७,८,९,१०,१२ र १३ मा वडा अध्यक्षको उम्मेदवारहरुले जित हासिल गरेको थियो ।







