बुढानिलकण्ठ नगरपालिकामा लामो समयदेखि बन्द गरिएको एक रेष्टुरेन्टमा तीन दर्जन बढी राहदानी र केही थान नागरिकता फेला परेको छ ।
बूढानीलकण्ठ वडा नं ६ मा कान्तिपुर फुड ल्यान्ड एन्ड सेकुवा कर्नरमा यति ठूलो मात्रामा राहदानी भेटिएको हो। सो रेष्टुरेन्ट लामो समयदेखि बन्द अवस्था रहेको र खोल्नको लागि रेस्टुरेन्ट खोल्दा ३६ वटा नेपाली पासपोर्ट र ४ नेपाली नागरिकता भेटिएको छ ।
लामो समयदेखि बन्द रहेको रेस्टुरेन्ट खोल्न निवेदन परेपछि कान्तिपुर फुडल्याण्ड एण्ड सेकुवा कर्नर खोल्न जनप्रतिनिधि र प्रहरीको लागीको साथमा नगर प्रहरीको संयुक्त उपस्थितमा बन्द रहेको खोल्दा राहदानी सहित नागरिकता फेला परेको हो ।







