बूढानीलकण्ठ नगरपालिकाले अनुदानमा गहुँको उन्न्त बिउँ लगायत कृषि सामाग्री प्रदान गर्ने ।बूढानीलकण्ठ नगरपालिकाले कृषि अनुदानमा विभिन्न कृषिसँग सम्बन्धित सामग्रीहरू ५०% अनुदानमा दिने तयारी गरेको छ।
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै नगरभित्र रहेको कृषक,कृषक समूह, कृषि सहकारी संस्था र निजी कृषि फर्महरुलाई सूचना प्रकाशित भएको १५ दिनभित्र नगरपालिकाको कृषि विकास शाखामा आवश्यक कागजपत्र साथमा आवेदन दिन भने एक सूचना प्रकाशित गरेको छ। नगरले अनुदानमा उन्नत गहुँको बिउ लगायत पावर टिलर वितरण गर्ने भएको छ ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार उक्त कार्यक्रममा सहभागी हुनको लागि आवश्यक कागजपत्रहरुमा सम्बन्धित वडाको सिफारिसपत्र, कृषक समूह, कृषि सहकारीको दर्ता प्रमाणपत्र र करचुक्ता साथै कृषि सहकारीको बैठकको निर्णय लगायत कागजात पेश गरिनु पर्ने छ भने पावर टिलर कार्यक्रममा सहभागीका लागि भने खेती गरिने जग्गाको लालपुर्जाको प्रतिलिपि वा भाडामा भए सम्झौता पत्रको प्रतिलिपि र खेती गर्ने जग्गाको क्षेत्रफल कम्तिमा पनि ३ रोपनी हुनुपर्ने भनी नगरपालिकाबाट जारी भएको सूचनामा सुचित गरिएको छ ।







