बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ को सडकमा रहेको घरटहराहरु हटाउने सम्बन्धमा सुचना जारी गरिएको छ।सूचनामा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ को गाम्चा-पुखुचा सडकमा यस्ता घरटहरा रहेको उक्त साइड किल्यर गर्न भनी सुचनामा भनिएको छ।

सूचनामा सडकमा भएका घर टहरा हटाउने सम्बन्धी सूचना श्री सरोकारवाला व्यक्तिहरुमा उपरोक्त सम्बन्धमा यस बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ चुनीखेल गाम्चा पुखुचा सडक धेरै समय देखि साइड क्लियर नभएर सडक मर्मत शुरु नभइरहेको कारण सर्वसाधाहरणलाई आवत जावतमा समस्या परिरहेको र सडक निर्माणका निम्ति बाटोमा स्थलगत निरिक्षण नाप जाँच गर्दा तपशिल बमोजिमका घरहरु बाटोमा परेको देखिएकोले उक्त घरहरु भत्काउन बारम्बार ताकेता गर्दा पनि नभत्काइएको हुँदा सडक निर्माणमा ढिलासुस्ती भईरहेको व्यहोरा जानकारी गराउँदै यहि सुचनालाई आधार मानि आजका मितिले ३५ दिन भित्र उक्त उल्लेखित घरहरु भत्काई सडक निर्माण कार्यमा सहयोग गरि नागरिक कर्तव्य निर्वाह गरिदिनुहुन सम्बन्धित सरोकारवालाहरुलाई यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

तपशिल घर धनिको नाम थर
लक्ष्मण श्रेष्ठ ,रोहित श्रेष्ठ, राम श्रेष्ठ, प्रेम लाल श्रेष्ठ, धर्म श्रेष्ठ, हरि श्रेष्ठ, शिव नारायण श्रेष्ठ , सुर्य नारायण श्रेष्ठ, सुन्दर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय