नेकपा माओवादी केन्द्र बूढानीलकण्ठ नगरकमिटी द्वारा नयाँ मतदाता नामावली सङ्कलन गर्दा बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा नक्कली बसाइँसराइ सहित नक्कली वडाको सिफारिसको सम्बन्धमा माओवादी केन्द्र बूढानीलकण्ठ नगरकमिटी द्वारा प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रेश विज्ञप्तिमा उल्लेख गरिएको अनुसार केहि वडाहरुमा मतदाता नामावली संकलनको क्रममा वडा कार्यालयहरुको लेटरहेड,छाप तथा हस्ताक्षर नक्कली बनाई केही राजनीतिक दलका कार्यकर्ताहरु संलग्न भई मतदाता नामावली संकलनमा प्रभाव पार्ने उद्देश्यले अवाञ्छनीय गतिविधि गरिरहेको विरुद्ध माओवादी केन्द्र रहेको र यस्ता क्रियाकलापमा संलग्न भएका व्यक्तिहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने र उक्त विषयको सत्यतथ्य छानविन गर्ने सम्बन्धित निकायको ध्यानाकर्षणका लागि आग्रहसमेत गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकामा यस बिषयले अहिले पुरै तरङ्गित बनिरहेको छ भने सरकारी छाप, लेटरहेड र हस्ताक्षर समेत किर्ते गरिएको भनी अन्य राजनैतिक दलहरुले पनि यस्ता गतिविधि विरुद्ध विभिन्न कदम चालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय