काठमाडौं क्षेत्र नम्बर ५ २(ख)को उम्मेदवारीका लागि नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेशसभा सदस्यको लागि बालकृष्ण श्रेष्ठले तयारी थालेको छ। यस क्षेत्रमा २०७४ को निर्वाचन बाट प्रदेशसभा सदस्यको लागि नेकपा एमालेबाट दिपक निरौला निर्वाचित भएको थिए। तर हाल आएर नेकपा एमाले बिभाजन सङ्गै नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ भने नेकपा (एस)पार्टीबाट बालकृष्ण श्रेष्ठले प्रदेससभा सदस्यको लागि तयारी थालेको हो। बूढानीलकण्ठ नगरपालिकामा पुराना कम्युनिस्ट नेता मध्यका एक नेता श्रेष्ठ हुन जसले उतरीभेगमा कम्युनिस्टको जग बसालेका थिए ।

यसै निर्वाचन क्षेत्रबाट संघमा नेपाली काङ्ग्रेसको तर्फबाट डा प्रकाशशरण महत एवं विश्वप्रकाश शर्मा जस्ता प्रभावशाली एवम् युवा नेताको रूपमा प्रख्यात नेताहरुको उम्मेदवारको रुपमा चर्चामा रहेको छ भने अन्य नेताको नाम पनि चर्चामा छ।गठबंधनको तर्फबाट नेपाली काङ्ग्रेसले संघमा दावी हुदा एकीकृत समाजवादी प्रदेशको स्वत दावी हुनाले र गठबंधनले जसरी पनि एमालेलाई पराजित गर्ने रणनीति बनाउदा उम्मेदवारहरु जनतामा भिजेका र चिनेका नै ल्याउने गठबंधन रणनीति रहेको पनि बुझिएको छ।यो निर्वाचन क्षेत्र एमालेका बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलको रहेको हुनाले पनि संबेदनसिल तथा महत्त्वपूर्ण क्षेत्रको रुपमा चिनिन्छ ।

नेकपा एमालेबाट पार्टी बिभाजन भए सङ्गै नेकपा एकीकृत समाजवादीमा रोजेका श्रेष्ठ २०५४ सालदेखि निर्वाचित जनप्रतिनिधिको रुपमा जनताका सेवक बनी निरन्तर काम गरेका प्रतिनिधि पनि हुन भने सिङ्गो विश्वमा महामारीको रुपमा कोभिड १९ को संक्रमणले त्रासमय भएको समयमा बिरामीलाई अस्पताल पुर्याउने देखि लिएर घरघरमा जरुरतमनहरुका लागि खाद्यान्न समेत पुर्याउने सामाजिक सेवामा खटिएका थिए जसबाट श्रेष्ठलाई कोभिडको संक्रमण भएको र थला समेत परेका थिए ।

स्थानिय तहको निर्वाचन २०७४ मा वडा अध्यक्षको रुपमा निर्वाचित भएर जनताको हरेक सुखदुखमा सहभागी भएर जनतालाई नजिकबाट बुझेका श्रेष्ठ हालै सप्पन्न स्थानिय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी उम्मेदवारी दिएका थिए यधपी अन्तिम समय सम्म पनि आन्तरिक तथा बाहय कारणले नतिजा सोचेजस्तो आएको थिएन ।

श्रेष्ठका अनुसार नगरप्रमुखको उम्मेदवार हुने कुराको आफ्नै पार्टी भित्र टुङ्गो नलागेको तथा गठबंधन हुने वा नहुने भनी यकिन हुन नसक्दा परिणाम सोचेजस्तो नआएको हो भने जनताको घरदैलोमा समेत पर्याप्त समयको अभावका कारणले गर्दा र अन्य विविध समस्या सिर्जना भएको हो भनेका छ्न। तर बर्तमान समयमा आन्तरिक तथा बाहय समस्यालाई पहिला नै टुङ्गिएर आफू अगाडि बढ्न लागेको बताएका छ्न ।विशेष श्रोतका अनुसार पार्टीभित्र तथा गठबंधनबाट समेत श्रेष्ठलाइ काठमाडौ क्षेत्र नम्बर ५ २(ख) को प्रदेशसभा सदस्यको उम्मेदवार बन्नको लागि तयारी हुन समेत छलफल भएको बुझिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय