ब्यवसायी सङ्ग २ करोड मागेको अडियो सार्वजनिक भए सङ्ग राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो बाहिरिएपछि विवादमा तानिएका श्रेष्ठलाई रास्वपाको केन्द्रीय समिति बैठकले बुधबार कारबाही गरेको हो ।

अनुशासन तथा आचरण समितिको सिफारिस एवं पार्टीको विधानविपरीत काम गरेको देखिएकाले कारबाही गरिएको सभापति रवि लामिछानेले बताए । पार्टीबाट निष्कासन भएसँगै श्रेष्ठको सांसद पद पनि धरापमा परेको छ । उनी समानुपातिक सांसद हुन् । उनको पद रिक्त हुने भन्दै रास्वपाले नयाँ सांसदमा बिन्दाबासिनी कंसाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । कंसाकार एसिडपीडित हुन् ।

तर, राजनीतिक दलसम्बन्धी ऐनमा दुई अवस्थामा मात्र सांसद पद जाने व्यवस्था छ । पार्टीको ह्वीप उल्लंघन गरेका र दल त्याग गरेका सांसदको मात्र सम्बन्धित पार्टीको केन्द्रीय समितिको निर्णय र सिफारिसबाट पद रिक्त हुने व्यवस्था छ । अनुशासनमा कारबाही गर्ने रास्वपाको निर्णयलाई सांसद श्रेष्ठले कानुनी रूपमा अदालतमा चुनौती दिन सक्नेछन् ।

सांसद श्रेष्ठले कानुन व्यवसायीसँग सल्लाह गरी अदालत जाने निकटलाई बताएका छन् । ‘

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय