बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ को ढुङ्गेधारामा आउने पानीको श्रोत सुक्नेगरि विभिन्न संरचना निर्माण हुदा एवं ढुङ्गेधारा वरिपरि पल्टिङ्ग गर्ने दिदा धारा नै सुक्ने खतरा बढेको छ ।बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित तल्लो टुसालको खानेपानीको एकमात्र श्रोत रिखेश्वर महादेव ऐतिहासिक ढुंगेधारा सुक्ने अवस्थामा पुगेको छ भनि बिरोध सृजना समेत भएको छ ।
यस अघि पनि उक्त विषयलाइ लिएर बिरोध भएको थियोे भने पटक-पटक उक्त विषयमा स्थानिय सरकारलाई ध्यानाकर्षण गराएको थियोे बूढानीलकण्ठ नगरपालिकाका नेपाली काङ्ग्रेसका सचीव बिजेन्द्र श्रेष्ठले बताएका हुन त्यसैगरि सोही विषयलाइ लिएर नेकपा एकीकृत समाजवादीका क्षेत्रका सदस्य रहेका सुवास श्रेष्ठले पनि पानीको मुहान सुक्ने गरि पल्टिङ्ग र संरचना बनाउन तत्काल रोक्नु पर्ने स्थानिय सरकारको ध्यानाकर्षण रहोस भनी बताएका छ्न भने सामाजिक संजाल मार्फत उक्त विषयको विरोध गरेका छ्न ।

काङ्ग्रेस नेता श्रेष्ठ सामाजिक सन्जालमा यसो भन्दै बिरोध गरि लेख्दछन “बूढानीलकण्ठ नगरपालिका-१३ स्थित तल्लो टुसालको खानीपानीको एक मात्र स्रोत रिखेश्वर महादेव ऐतिहासिक ढुंगेधारा सुक्ने अवस्थामा पुगेको छ। ढुंगेधाराको मुहान वरिपरि प्लटिंग देखि घरहरु बनाउँदा समेत बारम्बार ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले चासो नदिदाको परिणाम हो यो। बेलैमा यसमा ध्यान दिएन भने ढुंगेधारा ईतिहास बन्ने निश्चित प्राय छ।” उक्त विषय सामाजिक संजाल फेसबुकमा शेयर गर्दै नेकपा एकीकृत समाजवादीका श्रेष्ठले समेत उक्त विषयमा समर्थन गरेको हो “समयमा ध्यान दिउ है स्थानिय सरकार …पानीको स्रोत सुक्ने गरि यस्ता कार्य नगरौ….।”







