बालउद्दार मावी बिद्यार्थी कुटपिट गरेको मुद्दा थप पेचिलो बन्दै,यो मुद्दालाई हेर्न गठबन्धन दलले बनायो कार्यदल बनाएको छ ।

बूढानीलकण्ठ नगरपालिका अवस्थित बालउद्दार मा.बि एक बिद्यार्थीलाई  शिक्षकद्वारा निलडाम हुनेगरि कुटपिट भएपछि बिधालय माथी नै गम्भीर प्रश्न उब्जाएको छ आधुनिक शिक्षा प्रदान गर्ने  र नमुना बिधालय भनी व्यापक प्रचार गरिएको बिधालयको पर्दा पछाडी यस्ता अमानवीय शैलीको ब्यवहार हुँदा यो विषय माथी अभिभावक देखि लिएर स्थानिय राजनैतिक दलले कडा कदम चाल्ने भएको छ ।

यसै क्रममा बिधालय जस्तो संबेदनसिल ठाउँमा बिद्यार्थी माथी निर्घात कुटपिट भएपछि गठबन्धन दलहरुले सो विषयको मुद्दालाई लिएर  कार्यदल नै गठन गरेको छ जुन कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट रामप्रसाद लुइँटेल ,बिजेन्द्र श्रेष्ठ ,मनोज सिग्देल ,नारदमणि घिमिरे र श्याम तिमल्सिना रहेका छन भने नेकपा माओवादी केन्द्रबाट भाइ नारायण श्रेष्ठ ,शिव बजगाई ,उद्दव चौलागाई र डम्मर घिमिरे रहेका छन भने राम प्रसाद लुइँटेल संयोजक रहेको  सो कार्यदलमा नेकपा एकिकृत समाजवादीबाट धुर्वराज न्यौपाने ,तुलसी पनेरु  ,केदार प्रसाद चौलागाई र निरन्जन  नेपाल रहेका छन ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार मावीको कक्षा १० मा अध्ययनरत छात्र अनिश लामिछाने माथि शिक्षकहरु बाट भएको कुटपिट प्रकरण राजनीतिक मुद्दामा परिणत भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय