बुढानिलकण्ठ नगरपालिकामा केही समय पहिला भएको निर्णय अनुसार जनप्रतिनिधिहरु लाई पनि पोसाकका लागि भन्दै पोसाक भत्ता दिने भनिएको विषयमा निर्णय भएको थियोे भने नेपाली काङ्ग्रेसका जनप्रतिनिधिहरुले भने पोशाक भत्ता नलिने भएको छ ।
बुढानिलकण्ठ नगरपालिकालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता श्रीराम केसीले नगर प्रमुखलाई पत्र लेख्दै पोशाक भत्ता नलिने लिखित पत्र मार्फत उक्त विषयको जानकारी दिएका हुन्।
नगर प्रमुखलाई बुझाएको पत्रमा केसीले नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीको निर्देशन बमोजिम कांग्रेसका तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिहरुले सो भत्ता नलिने जानकारी दिएका हुन् ।







