अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सब–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले बिहीबार बुढानिलकण्ठ नगरपालिकाका सब–इन्जिनियर   टिकाराज राईलाई ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सब–इन्जिनियर राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

उनलाई बुढानिलकण्ठ नगरपालिका–७ बाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  अख्तियारले जानकारी दिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय