बूढानीलकण्ठ नगरपालिका नेकपा एकीकृत समाजवादीको पहिलो पुर्ण बैठक समापन भएको छ ।आज भएको नेकपा एकीकृत समाजवादी पुर्ण बैठकबाट निरन्जन नेपालको अध्यक्षतामा ४७ सदस्यीय कमिटीको सपथ ग्रहण कार्यक्रम लगायत विभिन्न अन्य एजेन्डाहरु बारे बैठकमा छलफल भएको थियोे ।

कार्यक्रम पार्टी सुदृढीकरणका लागि तीन महिने अभियान चलाउने,नागरिक एजेन्डा तथा आगामी कार्यभार सम्बन्धमा छलफल,राष्ट्रियसभा सदस्यका लागि नगर कमिटीको तर्फबाट धावा लामालाई प्रस्ताव गर्ने लगायत हालै संस्कृति तथा पर्यटन मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट पशुपति क्षेत्र बिकास संचालक परिषद सदस्यमा मनोनीत भएका रेणुका पराजुलीलाई मनोनीत भएको सो परिषद सदस्यको जिम्मेवारी गहन पुर्वक निर्वाह गर्ने निर्देशन गरिएको एवं नेपाल अखिल फुटबल संघ एन्फा अध्यक्ष कार्यलय प्रमुखमा मनोनीत भएका अशोकराज पाण्डेलाई युवा तथा खेलकुदमा युवाहरुलाई लाग्नको प्रेरित गर्ने कृयाशिलका लागि निर्देशन गर्ने लगायत विविध विषयबस्तु लगायतका बिषयहरुमा समेत व्यापक छलफल गरिएको थियोे ।

आजको सोही बैठकबाट नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगरकमिटी बूढानीलकण्ठ नगरपालिकामा ससक्त प्रतिपक्षी भुमिका निर्वाह गर्ने र प्रत्येक वडामा हेल्प डेस्क खडा गरि आम जनताको समस्यलाई समाधान गर्ने क्रियाशिल रहने समेत भेलामा छलफल भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय