नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा केदार प्रसाद चौलागाईंको अध्यक्षतामा १४ सदस्यीय कमिटी अधिवेशनबाट सर्वसम्मत चयन भएको छ।

बूढानीलकण्ठ नगरपालिकाको मिलन चोक पार्टी भेन्युमा आयोजना भएको उक्त अधिवेशनबाट अध्यक्षमा केदार प्रसाद चौलागाईं,उपाध्यक्ष राजेन्द्र प्रसाद दाहाल,सचिव बिरबल्ल्ब नेपाल, उप-सचीवमा मोहन केसि र सदस्यहरुमा क्रमश भिमसेन प्रसाद गौतम, मनोज कुमार सिह(खडका),गिता पाठक,केशब प्रसाद चौलागाईं,मनिराज कार्की,पदम बहादुर थापा,सरिता न्यौपाने,लक्ष्मी अधिकारी,सुरज कुमार श्रेष्ठ,राजेन्द्र खतिवडा रहेकोे छ ।

आजको अधिवेशनमा खुल्ला सत्र र बन्द सत्रमा गरि कार्यक्रम आयोजना भएको थियोे भने कार्यक्रमको अध्यक्षता केदार प्रसाद चौलागाईंको भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौ जिल्ला सह-इन्चार्ज तथा केन्द्रिय सदस्य कुसुमकुमार कार्की र अतिथिमा केन्द्रिय सदस्यद्वय सीता श्रेष्ठ र मनराज भुजेल लगायत केन्द्रिय परिषद सल्लाहकार सदस्य कुमार प्रसाद ओझा महानगर कमिटीका पदाधिकारी, लगायत नगर कमिटी अध्यक्ष निराजन नेपाल र विभिन्न कमिटीका सदस्यहरुको समेत उपस्थिती रहेको थियोे कार्यक्रमको संचालन नेकपा एकीकृत समाजवादी बूढानीलकण्ठ नगर कमिटी सचीव बिमल लामाले गरेको थियोे भने काठमाडौ क्षेत्र ४ का संयोजक ठाकुर खकुरेलको समेत उपस्थित रहेको थियोे ।

बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १० को अधिवेशन कार्यक्रममा नगरकमिटीका अध्यक्ष निराजन नेपालले मन्तव्य राख्दै अब चाडै नै बूढानीलकण्ठ नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न गरिने बताएका थिए भने नया कमिटीलाई बधाई दिएको थियोे मन्तव्यको क्रममा काठमाडौ जिल्ला कमिटी सचीव धुर्वराज न्यौपानेले काठमाडौ जिल्लाको सबै वडा तहमा कमिटी निर्माण लगायत अधिवेशन गर्नुपर्ने वडाहरुमा चाडै गर्ने बताएका थिए यसै क्रममा प्रमुख अतिथि कुसुम कुमार कार्कीले भने काठमाडौ क्षेत्र नम्बर ४ मा आयोजना हुन लागेको पिकनिक कार्यक्रममा महिलाहरुको व्यापक उपस्थित हुन र गराउन निर्देशन दिदै उक्त क्षेत्रमा पार्टी को उपस्थिती दर्हो बनाउन आह्वान समेत गरेको थियोे भने नया समितिलाई बधाई दिई कमिटीका पदाधिकारीहरुलाइ प्रमाणपत्र बितरण गर्दै समापन गरिएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय