काठमाडौं । नेकपा एमालेले काठमाडौंका २० मध्ये १८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरिरहेको र १० नम्बर क्षेत्रको नाम आउन बाँकी रहेको जिल्ला अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन।

प्रदेशसभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न २० वटै क्षेत्रीय कमिटीका बैठक शुक्रबार एकैपटक राखिएको थियो । क्षेत्र नम्बर ३ का दुवै प्रदेशसभाबाहेक अन्यत्र सर्वसम्मत रुपमा एकल नाम सिफारिस हुन नसकेपछि आकांक्षबीच छलफल गरेर कतिपयले फिर्ता लिएका छन् ।त्यस मध्य काठमाडौ क्षेत्र नम्बर ४ तथा क्षेत्र नम्बर ५ निम्न अनुसार उम्मेदवारी सिफारिस गरेका छन ।

क्षेत्र नम्बर ४ (क)

तेजप्रसाद ढकाल

निर्मल देउला

इन्दिरा गिरी

परमानन्द शाक्य

अमृतराज वैद्य

मनिष लिम्बिु

रविन्द्र पण्डित

क्षेत्र नम्बर ४ (ख)

उद्धब खरेल

लक्ष्मी संग्रौला

बिदुर खड्का

जयराम थापा

श्रीकृष्ण श्रेष्ठ

राजन पोखरेल

गोविन्द कटुवाल

जगत निरौला

दुर्गा थापा

क्षेत्र नम्बर ५ (क)

नारायण सिलवाल

मोहन विष्ट

मिरा जोशी

क्षेत्र नम्बर ५ (ख)

दिपक निरौला

जगन्नाथ ढकाल

किरण शाह ठकुरी

ध्रुवराज पाण्डे

राधेश्याम भण्डारी

सत्यनारायण डंगोल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय