बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित नौलिन भद्रकाली मन्दिरमा गए राती चोरी छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ को धार्मिक दुष्टिकोणले एकदम महत्त्व राखिने उक्त मन्दिरमा यस अघि पनि चोरी भएको थियोे ।

वडा नम्बर १३ अवस्थित गाम्चा निवासी श्रीकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार मन्दिर परिषरमा राखिएको दान पेटिका र पुजा सामाग्री चोरी भएको हो ।एक स्थानिय नगरबासीका अनुसार कम्पाउण्डको उत्तर गेट र भजन घरको सहित २ वटा ताल्चा काटेर २ वटा चन्दा बक्स, करुवा, अङ्खरा लगायतका पुजा थाली हरु चोरी भएको छ।

नौलिन भद्रकाली मन्दिर बूढानीलकण्ठ नगरको धार्मिक तथा पुरातात्त्विक दुष्टिकोणले महत्त्वपूर्ण मानिने मन्दिर भएको हुनाले र नगरको गरिमा बोक्ने मन्दिर भएको हुँदा यस्ता धार्मिक स्थलहरुमा सुरक्षाका सामग्रीहरु सिसिटिभी लगायतका अन्य उपकरणहरु नभएको या नराखिएको भनी वडावासिहरुले वडा तथा नगरलाइ प्रश्न समेत गरेको छ ।

मन्दिरमा थप के-कस्ता अन्य सामाग्री चोरी भएको हो बिबरण प्राप्त हुन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय