बूढानीलकण्ठ माओवादी केन्द्र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)मा गगादेबी श्रेष्ठको अध्यक्षतामा ३५ कमिटी सदस्य गठन ।माओवादी केन्द्र बूढानीलकण्ठ नगरकमिटी द्वारा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) गठन कार्यक्रम सप्पन्न भएको छ।
बूढानीलकण्ठ नगरकमिटी माओवादी केन्द्र द्वारा अहिले १ महिने संगठनका सुदृढीकरण तथा संगठनका परिचालन कार्यक्रम गरिरहेको छ भने आउँदा प्रतिनिधिसभा तथा प्रदेशको निर्वाचन नजिकिदै गर्दा सङ्गठन बिस्तार कार्यलाई तिव्रता दिदै लगेको छ।
उक्त सङ्गठ्न बिस्तार कार्यक्रमवाट गगादेबि श्रेष्ठको अध्यक्षतामा ३५ सदस्य कमिटी गठन सहितको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गठन भएको छ।कार्यक्रममा नगरकमिटी अध्यक्ष लगायत विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थितमा सङ्ठ्न बिस्तार कार्यक्रम आयोजना भइ भब्यता साथमा आयोजना गरिएको हो।
कार्यक्रममा उपस्थिति भइ कार्यक्रमलाई थप ससक्त बनाउन भुमिका निर्वाह गरेका नेता तथा कार्यकर्ताहरु लाई नगरकमिटीका अध्यक्ष भाइनारायण श्रेष्ठ धन्यवाद दिदै कार्यक्रमको समापन गरिएको थियोे ।







