पौष ८ काठमाडौ /रन्जु दर्शनाले विवेकशील साझा पार्टी छाडेकी छिन् । बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको भनि बिहिवार एउटा बिज्ञप्ति मार्फत यहि पौष ८ गते बाट अर्को कुनै निर्णय नलिएसम्म साधारण सदस्य समेत नरहने घोषणा गरेकी हुन् । वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएको रन्जुले बताएकी छिन् ।
२०७४ साल भएको स्थानीय चुनावमा काठमाडौंको उपमेयरकी उम्मेदवारसमेत रहेकी उनले पत्रमा भनेकी छिन्, वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उतावचढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।’नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको उनको भनाइ छ । उनले अगाडि भनेकी छिन ‘संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम , व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’ सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर आफू राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन। म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भन्ने अठोटका साथ आएको व्यक्ति हुँ। वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु। उनले बिज्ञप्तिमा भनेकि छिन बिबेकशिल साझा पार्टी भन्दा देश माथी हुने कुरा समेत उल्लेख गरिएको छ।
विवाद बढ्दै जाँदा मिश्र पक्षले बिबेकशिल साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ भने पाण्डेले पनि समानान्तर समितको घोषणा गरेका छन् । यही विवादकै बीच मिश्रको एजेन्डालाई अस्वीकार गर्दै दर्शनाले पनि पार्टी परित्यागको घोषणा गरेकी हुन् ।केही दिनअघि विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । अध्यक्ष मिश्रले राजनीतिक दस्तावेजका कारण पार्टीमा विवाद चुलिँदै गएको हो ।









