राष्ट्रपति नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदपार बनाउने निर्णय गरेको छ।
त्यसैगरी सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक पार्टीको कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको छ भने उता नेपाली कांग्रेसले समर्थन जुटाएपछि केन्द्रीय कार्यालय सानेपामा चहलपहल देखिएको छ ।
राष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता हुने भएकोले उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने बताइएको छ । यस्तै सरकारमा रहने या नरहने भन्नेबारे पनि निर्णय लिने बताइएको छ । शुक्रबार वर्तमान सत्ता गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउन सघाएपनि एमाले आक्रोशित बनेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारीनिवास बालुवाटारमा शुक्रवार भएको छलफलमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत ८ दलले राष्ट्रपति चुनावमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।







