काठमाडौ / स्थानिय तहको आगामी वैशाख ३० गते हुने बारे आज निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ । आयोगले हालसम्मको भएको कार्यप्रगतिबारे जानकारी गराउँदै आगामी रणनीतिबारे छलफल गर्न दलहरुलाई छ्लफलका लागि बोलाएको हो ।

आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई आज बिहान ११ः३० बजे छलफलका लागि बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ७९ दलको निवेदन स्वीकृत भएको हो । आयोगले ७९ वटा दलको निवेदनलाई स्वीकृत गरेको छ भने ऋषि कट्टेल  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई भने आयोगले अस्वीकृत गरेको छ।अध्यक्ष र उपाध्यक्षको विवाद आयोगमा रहेकाले दल दर्ताको निवेदन अस्वीकृत गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय