आज विश्व सहकारी दिवस हो अर्थात आजको दिनलाई १००औ सहकारी दिवसको रुपमा विश्वमा मनाउने गरिन्छ विश्वमा आजको दिनलाई सहकारी क्षेत्रको महत्वपूर्ण दिनकारुपमा सहकारीकर्मीहरुद्वारा आजको दिन भव्यताकासाथ विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिन्छ।

अन्तराष्ट्रिय सहकारी महासंघ (आइसिए) द्वारा अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीले “समुन्नत विश्व निर्माण गर्छ”भन्ने नाराका साथ आजको दिनलाई अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइने छ भने विश्वमा सन् १९२३ जुलाईको पहिलो शनिबार लाई अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा मनाउँदै आएको छ साथै नेपालमा २९औं राष्ट्रिय सहकारी दिवश राष्ट्रिय सहकारी महासंघद्वारा मनाइँदैछ।

आजको दिन सहकारी दिवसको उपलक्ष्यमा सहकारीक्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत सहकारीकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रमहरु लगायत उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार समेत प्रदान गर्ने कार्यक्रमहरु हुने गर्दछ। नेपाल समेत सहकारी क्षेत्रलाई महत्त्वपूर्ण अर्थतन्त्रको हिस्साको रुपमा लिइन्छ भने यस क्षेत्रमा लाखौं ब्यक्तीहरुले रोजगार समेत प्राप्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय