गृह मन्त्रालयले बागलुङ स्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई यात्रा अनुमती रद्द गरेको छ।संस्थाका सदस्यहरुको बचत रकम हिनामिना गरी सम्पर्क विहीन बनेपछि सञ्चालहरुको यात्रा अनुमती रद्द गर्न मन्त्रालयले अध्यागमन विभागलाई सिफारिस गरेको छ। संस्थाका संस्थापक अध्यक्षसहित ७ जनाको यात्रा अनुमती रद्द गर्ने निर्णय मन्त्रालयको सीमा तथा अध्यागमन शाखाले गरेको हो ।
संस्थाका सञ्चालहरु सम्पर्क विहीन बनेको र विदेश भागेर जान सक्ने भन्दै यात्रा अनुमती रद्द गरिएको हो । यात्रा अनुमती रद्द हुनेमा संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली रहेका छन् । उनी ढोरपाटन नगरपालिकाका मेयर समेत हुन् ।
त्यस्तै कार्यवाहक अध्यक्ष डोर बहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सदस्यहरुमा चित्रबहादुर भण्डारी, रुपा बिक र झग बहादुर शाही रहेका छन् ।







