नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालय सहकारी विभाग नयाँबानेश्वर, काठमाडौँद्वारा सन्दर्भब्याजदर सम्बन्धी सहकारी संघसंस्थाहरुलाई जरुरी सूचना जारी गरिएको छ।
सूचना अनुसार सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा सहकारी संघसंस्थाहरुको लागि मिति गते २०७८/११/१५ देखि लागू हुने गरी सन्दर्भ व्याजदरको अधिकतम•सीमा १६% तोकिएको छ ।
सबै सहकारी संघसंस्थाहरुले सदस्यहरुलाई ऋण प्रवाह गर्दा अधिकतम् सीमा १६% मा नबढ्ने गरी बचत र ऋणको ब्याजदरको अन्तर ६% कायम हुनेगरी र बचत तथा ऋणको कारोबार गर्ने सबै संघ संस्थाहरुले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ १% र सामूहिक जमानीतर्फ १.५% भन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सन्दर्भ व्याजदर लागू गर्ने व्यवस्था गर्नु गराउनुहुन सूचित गरिन्छ । 
यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संघ संस्थाहरुका लागि निर्देशक ब्याजदरको रुपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय विषयगत संघहरुबाट पालनाको अनुगमन गर्दा सहकारी कानून बमोजिम हुने व्यहोरा जानकारी गराइन्छ भनी सुचना जारी गरिएको हो।







