हाम्रो नवपुर बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

बूढानीलकण्ठ नगरपालिका अवस्थित उक्त संस्थाले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेकमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने लागिएको हो ।

ओहायो कन्सल्टेन्सी, न्युजा क्याफे, क्लासिक फेसन र नेल्सन क्लोटिनको सहयोगमा हुन लागेको उक्त रक्तदान कार्यक्रममा सहभागी हुनको लागि सबै नगरबासीलाई अनुरोध गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा १३ टुपेक पोखरीमा हुने कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म यहि फागुन १९ गते शनिबारको दिनम रक्तदान कार्यक्रम आयोजना हुनलागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय