गोकर्णेश्वर – चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारण सभा असोज ०५ गते, शनिबारको दिन आयोजना गर्ने भएको छ।

सभामा संस्थाका शेयर सदस्यहरूको उपस्थितिका लागि सदस्यहरुलाई अनुरोध गरिएको छ। साधारण सभा गोकर्णेश्वरस्थित उत्तरबाहिनी मन्दिर प्राङ्गणमा बिहान १० बजेबाट सुरु हुनेछ। साधारण सभामा अध्यक्षको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र कोषाध्यक्षको वार्षिक प्रतिवेदन जस्ता महत्वपूर्ण एजेण्डाहरू प्रस्तुत गरिनेछन्।

साथै, सभामा भावी आर्थिक योजनाहरू,लाभांश तथा संरक्षित पूँजी फिर्ता कोष वितरण , सहकारी एकीकरण गर्ने लगायत विषयहरूमा छलफल हुनेछ। साधारण सभामा गत आ.व ८०/८१ नगद लाभांश दिने र उक्त लाभांश लिनको लागि संस्था सदस्यताको प्रमाण सहित उपस्थित हुन एवम सदस्यता प्रमाण नभएको खण्डमा खातामा लाभांश जम्मा गरिने ब्यहोरा समेत उल्लेख गरिएको छ ।

संस्थाले विभिन्न सामाजिक गतिविधिहरु पनि संचालन गर्दै आएको छ भने मिति २०८१ साल साउन महिनाको ३२ गते सम्मको अपरिष्कृत वित्तीय विवरण समेत सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय