नेकपा एमाले बूढानीलकण्ठ नगरअध्यक्षले युवामाथी हातपात गरेको भिडियो भाइरल हुँदै ।नेकपा एमालेमाथी मतदाता नामावली दर्ता गराउदा धाधली हरेको भनी नेपाली काङ्ग्रेसले आरोप लगाइ काठमाडौ निर्वाचन कार्यलयले पत्र काटेको घटना सेलाउन नपाउदै फेरि एक घटनाले बूढानीलकण्ठ नगरपालिकाको वातावरण तरङ्गित बनेको छ।

घटना आज बिहान बूढानीलकण्ठ मन्दिर वरिपरिको रहेको छ ।जहाँ एउटा भिडियो सार्वजनिक भएको छ ।उक्त भिडियोमा नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका नगरकमिटी अध्यक्ष प्रदिप डङ्गोलले एक युवालाई मुक्काको बर्षात गरिरहेको भिडियो सार्वजनिक भएको हो

आज बिहान भएको उक्त घटनाको विश्लेषण सरसर्ती हेर्दा एक हुल मानिसहरुले एक युवालाई समातिरहेको र नेकपा एमालेका नगर अध्यक्ष प्रदिप डङ्गोलले आएर मुक्का हानीरहेको थियो । यधपी त्यही छेउमै प्रहरी कार्यलय हुँदाहुँदै यस्तो अराजक गतिविधिले सिङ्गो नेकपा एमाले बूढानीलकण्ठ नगरकमिटीको सङ्गठ्न माथी आच आउने काम गरेको नेकपा एमालेका एक स्थानिय नेताले बताएका छ्न भने बूढानीलकण्ठ भरी उक्त भिडियो भाइरल समेत भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय