बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ११ अवस्थित कपनमा प्रधान कार्यालय रहेको बाल अपाङ्ग टेवा सस्थाको धुम्बराही स्थित लर्ड बुद्ध पार्टी हलमा सामाजिक लेखापरीक्षण र सातौ बार्षिक साधारण सभा  कार्यक्रम भब्यताको साथमा आयोजना भएको छ ।

२००६ सालमा स्थापित भएको यो संस्था गैर-नाफामुलक सामाजिक संस्था हो अपाङ्गता भएका बालबालिकाहरुलाई सामाजिक गतिविधिमा सम्मान रूपले सहभागी हुन पाउनुपर्छ भन्ने मुख्य उदेश्यका साथ स्थापना भएको यस संस्था गरिब र सीमान्तकृत समाजको विपन्न पिछडावर्ग परेका व्यक्तिहरुलाई ह्विलचियर लगायत अन्य उपकरण उपलब्ध गराउन संस्थाले केन्द्र, प्रदेश र स्थानीय तह र विभिन्न समुदाय स्तरका कार्यक्रमहरु संचालन गर्दै आएको छ।

यस संस्थाले मुख्यतया विभिन्न क्षेत्रहरुमा निरन्तर विभिन्न कामहरु गरेको छ । हिव्ल चियर मर्मत तथा सम्भार गरिने शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी र स्वच्छ वातावरण, मनोसामाजिक परामर्श, जनचेतना तथा सामाजिक कुरुतीको रोकथाम कार्यक्रम एव पुर्नस्थापना केन्द्र लगायतका क्षेत्रहरुमा निरन्तर काम गरिरहेको छ ।

संस्थाले हालसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ जस्तै:-
) बाल अपाङ्ग टेवा संस्था स्याहार केन्द्र
२) बालशिक्षा
३) खाना
४) सिलाई तालिम
५)स्वास्थ्य तथा पुर्नस्थापना सहयोग
६)ह्वीलचियर वितरण तथा मर्मतसम्भार
कार्यक्रम रहेको छ ।

साथै हालसम्म संस्थाले सम्पन्न गरिसकेका कार्यक्रमहरु अन्तर्गत:-

#लुम्बिनी प्रदेश कपिलवस्तु जिल्लाका 930 घरमा सुधारिएको चुलो वितरण ।
#सोलुखुम्बु जिल्लाको चिसाखोला उच्चमाध्यमिक विद्यालयको पुस्तकालयमा आवश्यक पर्नेछ तथा पुस्तकको व्यवस्था।
# भूकम्पपीडितका लागि सोलुखुम्बु जिल्लामा घर छाउन जस्तापाता वितरण।
# कोभिड महामारीको बेला अपाङ्ग व्यक्ति र बालबालिका साथै स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीलाई 35 हजार थान मास्क वितरण।
# प्लान इन्टरनेशनलको सहयोगमा गोरखा जिल्लामा बाल विकास कार्यक्रम ।
#बूढानीलकण्ठ नगरपालिकामा समावेशी शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी ।
# कोभिडको समयमा लकडाउनको बेला अपाङ्ग तथा सर्वसाधारणका लागि आवश्यक खाद्यान्न वितरण।
# बूढानीलकण्ठ नगरपालिकामा बसोबास गर्ने अपाङ्ग व्यक्तिहरु सम्बन्धित तथ्याङ्क संकलन गर्ने जस्ता हालसम्म उक्त संस्थाले कामहरु सम्पन्न गरिसकेको अवस्था छ।

आज भएको बाल अपाङ्ग टेवा संस्थाको पहिलो सामाजिक लेखापरीक्षण कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व लगायत स्थानीय सरकारका प्रतिनिधिहरु समेतको उपस्थितिको साथमा कार्यक्रम भव्य आयोजना गरिएको थियो कार्यक्रममा स्थानीय सरकारप्रमुख बूढानीलकण्ठ नगरपालिका नगरप्रमुख मिठाराम अधिकारी र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० वडा अध्यक्ष नवराज भट्टराई बुढानीलकण्ठ नगरपालिका महिला तथा बालबालिका बिकास महाशाखा प्रमुख पुष्पा बम लगायत सो संस्थाका विभिन्न मुलुकका दाताहरु सामाजिक ब्यक्तिहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।

आजको सामाजिक लेखापरीक्षण कार्यक्रम घोषण चालन संस्थाका उपाध्यक्ष धुर्वराज न्यौपानेले गरेका थिए भने गोबिन्द न्यौपाने सामाजिक लेखा परिक्षकले संस्थाको स्थापना कालदेखि बर्तमान अवस्थाको जानकारीको साथमा संस्थाले अब आउदा दिनमा गर्ने योजना बिस्तारको बारेमा सामाजिक लेखा परिक्षण कार्यक्रममा जानकारी प्रदान गरेका थिए। साथै कार्यक्रमम बूढानीलकण्ठ नगरपालिकाक मेयर मिठाराम अधिकारीले नगरको तर्फबाट सक्दो सहयोग गर्दै बिदा भएको सो कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराईले संस्थासङ्ग सहकार्य गरि अगाडि बढने बताएका थिए । सोही क्रममा संस्थाप्रती अन्य सामाजिक ब्यक्तिहरुको प्रश्न लिदै प्रश्नको जवाफ समेत संस्थाले दिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय