बिर्सेको त्रिचन्द्र
-निर्थुक बसेको रानी पोखरी
छेवैको घन्टाघर
विचमा बसेको त्रिचन्द्र
पोखरीको छायामा
आफ्नै तस्वीरलाई नियाली रहेछ,
सडकमा परिवर्तनको गित गाउदै
कुद्ने गाडीहरु
उ परको धपक्क बल्ने स्काई टावर
र घन्टाघरको घन्टी सुन्दै
त्रिचन्द्र निरन्तर रोइरहेछ ,दिन बिताईरहेछ!
टावर बने
गेट बने
महल संगै सरकार बने
तर म किन बनिन्?
भनि त्रिचन्द्र आफैमा
प्रश्न गरिरहेछ!!
परेवाको आवाज सँगै
विहान मनाउने
सुर्यको किरण संगै
दिन विताउने
र गार्डेनका वृक्षहरुको
सुसेली संगै रात कटाउने
त्रिचन्द्र आफैमा
एक वगैचा हो ।
जुन बगैचाले भरीथरीका
फूलहरू बजारमा विकायो
जुन बगैंचाले देश बनाउने
माली पनि दियो
आज त्यही बगैंचा
पूनर्निर्माणको पर्खाइमा
बसिरहेछ !!
तिमीलाई फुलाउने
उही भुलेको त्रिचन्द्र
आज आफै ओइलाइ रहेछ
मैले पढेको त्यसको इतिहास
रानी पोखरीमा पौडी खेलिरहेछ,
उहि तिमिले भूलेको त्रिचन्द्र
फेरी फुल्ने आशामा वसिरहेछ !!
लेखक:- मनोज भण्डारी विधार्थी नेता त्रिचन्द्र क्याम्पस







