बुढानिलकण्ठ, काठमाडौं ।
हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ को नतिजामा बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। नगरपालिका अन्तर्गतका १४ वटा विद्यालयका ६० जना विद्यार्थीहरूले अधिकतम ४.० जिपिए हासिल गरेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका अनुसार काठमाडौं जिल्लाभर ४११ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् भने समग्र उत्रिण प्रतिशत ८७.१८% रहेको छ। त्यसैक्रममा बुढानिलकण्ठ नगरपालिका भित्र रहेका केही विद्यालयहरूबाट अत्यधिक संख्यामा विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन्।

हामिलाइ प्राप्त विवरण अनुसार बुढानिलकण्ठ नगरपालिकाका टप १० विद्यालयहरू, ४ जिपिए प्राप्त गर्ने विद्यार्थी संख्याका आधारमा यसप्रकार छन्:

  1. रिलायन्स इन्टरनेसनल एकेडेमी – १९ जना
  2. बुढानिलकण्ठ स्कुल – ९ जना
  3. जोसेफ मावि – ७ जना
  4. पिक पोइन्ट एकेडेमी – ६ जना
  5. भ्याली पब्लिक स्कुल – ४ जना
  6. प्रशान्ति एकेडेमी – २ जना
  7. बुढानिलकण्ठ आश्रम स्कुल – २ जना
  8. मञ्जरी सेकेण्डरी स्कुल – २ जना
  9. काठमाण्डौ विद्यालय – २ जना
  10. रिलायन्स पब्लिक स्कुल – २ जना

यी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पुष्टि गर्दै, विद्यार्थी र शिक्षक दुवैको मेहनतको प्रतिफलस्वरूप उत्कृष्ट नतिजा ल्याएको जानकारीवालाहरुले बताइएको छ।नगरपालिकाको शिक्षा क्षेत्रको समग्र सुधारको संकेतस्वरूप यस किसिमको नतिजा उत्साहजनक मानिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय