बुढानीलकण्ठ नगरपालिका साविक वडा नम्बर ७ तथा हालको वडा नं ११ मा रहेको पुलहारी गुम्बाले सार्वजनिक जग्गा हाल साबिक मार्फत हडपेको भन्दै अख्तियार दुरुपयोग आयोगमा उजुरी परेको छ ।
सो बिषयमा अख्तियारले नगरपालिकालाई लेखेको पत्रमा उल्लेख्य गरिए अनुसार पुलहारी गुम्बाले हालसाबिक गर्दा करिब ४० राेपनी सरकारी जमिन हडपेको विषयमा पत्राचार गरेसङ्गै नगरपालिकालाई वास्तबिकता छानबिन गर्न निर्देशन दिएको छ।
पत्रमा गुम्बाले के-कसरी ब्यहोराको साथमा सरकारी जग्गा हाल साबिकबाट गुम्बाको नाममा गएको हो सत्यतथ्य विवरण पेश गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनात्मक पत्र नगरपालिकालाई पठाइएको छ ।

फोटोफिचर : कपन अन्लाईनबाट







