बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा रहेकोे चुनिखेल टुपेक खानेपानी तथा सरसफाइ उपभोक्ता ब्यवस्थापन समितिको सेवा प्रवाहप्रती बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का युवाहरुले १३ नम्बरको वडा कार्यलयमा पुगि सो समितीको कार्यशैली र सेवाप्रवाह प्रभावकारी नरहेको भनी ध्यानाकर्षण गराएको छ साथै सार्वजनिक सरोकार राख्ने र महत्त्वपूर्ण मानिने खानेपानी उपभोक्त समितीको पब्लिक अडिट गरिनु पर्ने आय-ब्ययको यथार्थ विवरण पेश गरिनुपर्ने माग राखेको छ साथै खानेपानीको अवस्था पिउन योग्य त के अहिले बितरण भैरहेको पानी नुहाउन समेत योग्य नभएको भनी विरोध गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष टीकानारायण श्रेष्ठलाई खानेपानी उपभोक्ता समितीले स्थापनाकाल देखि हालसम्म के-के कामहरु सम्पन्न गरे र विभिन्न तह र निकायहरुबाट आएको बजेटको प्रयोग कहाँ र कसरी भए भन्ने समेत यकिन तथ्यांक हालसम्म कहि कतै किन प्रकाशित नभएको भनी प्रश्न समेत वडा अध्यक्षसामु उठाउएको छ भने राजनैतिक दलका प्रतिनिधिहरु सङ्गै महिला र युवाहरुको समेत सहभागितामा समिती पुर्नगठन गरिनुपर्ने भनी जोडदार माग गरेको छ ।
नेपालको संविधान जारी पश्चात देश सघियतामा गएको अवस्थामा स्थानिय तहपनि विभिन्न विषयहरु उपर अधिकार सम्पन्न गरेको छ नेपालको संविधानको अधिकार सुची अन्तरगत अनुसूची ८ मा ब्यवस्था भए अनुसार खानेपानी, जलाधारको सरक्षणको अधिकार स्थानिय तह सङ्ग हुदा सो सङ्ग सम्बन्धि समस्या होस या संरक्षण त्यसको अधिकार स्थानिय तह मातहत रहेको हुँदा बूढानीलकण्ठ नगरपालिकाले समेत उपभोक्ता समिती गठन आयोजना संचालन तथा ब्यवस्थापन सम्बन्धि कार्यबिधी २०७५ समेत जारी भएको अवस्था रहेको छ ।
बूढानीलकण्ठ नगरपालिकामा युवाहरुको समस्याको सुनुवाइ नभएको आफ्नै राजनैतिक दल निकटका ब्यक्तिहरुलाई अवसर दिएको र युवामैत्री बाताबरण निर्माण गर्ने वडा चुकेको र युवाका लागि चाहिने रोजगारीको लागि अवसर खेलकुद, ब्यायामशाला तथा पुस्तकालयको ब्यवस्थापन नभएको भनी बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ का युवाहरुले आक्रोश पोखेको छ यस विषय अलावा हालै बूढानीलकण्ठ नगरपालिका वडा १३ को सार्वजनिक जग्गा सरक्षणको नाममा ब्यक्तिको निजि जग्गालाई सार्वजनिक जग्गा भनी सुझाव तथा प्रतिवेदन कसरी बुझाइएको हो भनी वडा अध्यक्ष सामु गम्भीर त्रुटी भएको भनी यस्ता क्रियाकलाप प्रती सजग रहन र बास्तबिक अवस्थाको छानबिन गर्ने पीडितलाई न्याय दिन समेत अनुरोध गरेको छ ।







