काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर कारोबार भइरहेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार यसै सुनको मूल्य १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ, जसमा १० रुपैयाँको वृद्धि भएको हो। सोमबार चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ प्रतितोला रहेको थियो।
सुनचाँदीको मूल्यमा आएको यस वृद्धिले बजारमा पुनः केही चहलपहल बढाएको देखिएको छ।







