स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभरका अस्पतालहरू र स्वास्थ्यकर्मीहरूलाई चौबीसै घण्टा आपतकालीन उपचारको तयारीमा रहन निर्देशन दिएका छन्। निरन्तर परेको वर्षाका कारण बाढी र पहिरोले जनधनको क्षति बढिरहेको सन्दर्भमा उनले सबै पक्षलाई सतर्क रहन आग्रह गरेका हुन्।

मन्त्री पौडेलले अस्पतालहरूको आपतकालीन कक्षलाई थप प्रभावकारी बनाउँदै नियमित सेवाको अवधि आवश्यक परेमा बढाउन पनि सल्लाह दिएका छन्। साथै, उनले स्वास्थ्यकर्मीहरूलाई आपतकालीन उपचारमा कुनै कमी नहोस् भनेर निरन्तर तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रालयले औषधि आपूर्तिमा कुनै अवरोध नहोस् भनेर विशेष योजना बनाएको छ, भने मन्त्री पौडेलले आपतकालीन अवस्थामा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबै नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय