चिनारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो जेष्ठ नागरिक सदस्यहरूलाई अत्यन्त जरुरी सूचना जारी गरेको छ। अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा संस्थाले आयोजना गर्ने जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने तय भएको छ। उक्त सम्मान कार्यक्रम यहि मिति २०८० आश्विन १९ गते शनिबारको दिनमा हुने भएको हो ।
सहकारी संस्थामा रहेका जेष्ठ नागरिक सदस्यहरूलाई सम्मान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा सहभागी हुनका लागि संस्थाले केही प्रावधानहरू निर्धारण गरेको छ। सहभागी हुन चाहने सदस्यहरूको खातामा न्यूनतम रु ५ हजार बराबरको शेयर रकम हुनुपर्नेछ र चिनारी जेष्ठ सदस्य खातामा ५ हजार रकम हुनुपर्नेछ । यो प्रावधान २०८० आश्विन १८ गतेसम्म पूरा गरिसक्नुपर्नेछ।
सम्बन्धित सदस्यहरूलाई समयमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सहकारी संस्थाले पुनः आग्रह गरेको छ।







